Logo

आइएनजीओको लगानी मदरसा र गुम्बामा, चीनविरुद्ध गुम्बा र भारतविरुद्ध मदरसा प्रयोगको डर

आइएनजीओको लगानी मदरसा र गुम्बामा, चीनविरुद्ध गुम्बा र भारतविरुद्ध मदरसा प्रयोगको डर



काठमाडौं । नेपालले छिमेकी मुलुकहरुसँग सद्भाव कायम राख्न विभिन्न गैरसरकारी संघसंस्थाहरुलाई निरुत्साहित गर्ने भएको छ ।

laxmi

नेपालले आफ्ना २ ठुला छिमेकी देश चीन र भारत विरोधी गतिविधी बढेको आँकलन गर्दै विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) का गतिविधिलाई निरुत्साहित गर्ने तयारी थालेको हो ।

यसमा सरकारले नेपाल सञ्चालित विभिन्न संघसंस्थाहरुलाई निरुत्साहित गर्नेगरी नयाँ नीति तयार गरेको भारतीय पत्रिका टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।

भारत र चीनको सीमा क्षेत्रमा आपराधिक आतंककारी क्रियाकलापहरु बढेको आँकलन गर्दै नेपालले १ दर्जन बढी एनजीओ, आईएनजीओहरुलाई निरुत्साहन गर्न लागेको हो । उक्त नीतिले खासगरी नेपालको सीमा क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाहरुलाई निरुत्साहित गर्नेछ ।

यस्तै यसले नेपालको छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध सुधारमा विशेष जोड दिएको छ । नेपालको विभिन्न सीमा क्षेत्रहरुमा धार्मिक विद्यालयका नाममा खोल्न लागिएका मुस्लिम विद्यालयहरु, मदरसा तथा गुम्बाहरुलाई निरुत्साहित गर्नेछ ।

नेपालको सीमा क्षेत्रमा खोल्न लागिएका र खोलिएका यस्ता विद्यालयहरुमा विभिन्न एनजीओ र आइएनजीओले टर्की, कतार तथा साउदी अरेबियालगायतका राष्ट्रहरुबाट पैसा ल्याएर लगानी गर्ने गरेका छन् ।

मोरङ र सुनसरीका केही मदरसाहरुले राम्रो काम गरिरहेका छन् । तर केही मदरसाहरुले भने सीमा क्षेत्रभन्दा ५ देखि १० किलोमिटर परसम्मका विद्यार्थीहरु ल्याएर पढाईरहेको भेटिएको सरकारी अधिकारीहरुले गरेको अधययनमा भेटिएको छ । यस्तै भारत र चीनलेसमेत बिदेशी लगानीबाट सञ्चालन भइरहेका मदरसा र गुम्बाहरुबाट आफ्नो देशमा सुरक्षा खतरा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL