Logo

सुन चाँदी कला व्यवसायीको २ लाख सहयोग, गालिगढ उत्पादनमा तालिमको व्यवस्था गरिदिन आग्रह

सुन चाँदी कला व्यवसायीको २ लाख सहयोग, गालिगढ उत्पादनमा तालिमको व्यवस्था गरिदिन आग्रह


रामराजा श्रेष्ठ
0
Shares

विजखबर संवाददाता
१४ असार, काठमाडौं ।

नेपाल सुन चाँदी कला व्यवसायी संघले प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । प्रधानमन्त्रीको कार्यालयमा आईतवार संघका अध्यक्ष रुद्र बहादुर बराईलीले उक्त रकम बराबरको चेक प्रधानमन्त्री शुसिल कोइरालालाई हस्तान्तर गरे ।

help for pm fond

 

उक्त अवसरमा व्यवसायीहरुले नेपालबाट दैनिक सयौं युवा कामको खोजिमा विदेश जाने तर, नेपालमा भने श्रमिकको समस्या हुने गरेको बताए । भुकम्पछि भारत गएका भारतीय गालिगढ अझै नेपाल नफर्कदा अहिले व्यवसायीले समस्या भोग्नु परेको उनीहरुले बताए । यस्ता समस्या समाधानका लागि गरगहना उत्पादनलगायत विभिन्न तालिमको व्यवस्था गरिदिन प्रधामन्त्री समक्ष आग्रह गरिएको संघका उपाध्यक्ष घनस्याम रिजालले बताए । उक्त अवसरमा प्रधानमन्त्रीले कला व्यवसायीका समस्या लिखितरुपमा दिन भन्दै त्यसको सामाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL