Logo

भ्रमण बर्षमा उत्कृष्ट काम गर्ने ब्यवसायीलाई सम्मान गर्ने मन्त्री भट्टराईको उद्घोष, सहयोग र सहयात्रा गर्न आग्रह

भ्रमण बर्षमा उत्कृष्ट काम गर्ने ब्यवसायीलाई सम्मान गर्ने मन्त्री भट्टराईको उद्घोष, सहयोग र सहयात्रा गर्न आग्रह



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा उत्कृष्ट काम गर्ने व्यवसायीहरुलाई सम्मानित गर्ने बताएका छन । उनले भने, ‘राम्रो गर्नुहोस् हामी तपाईहरुको कामलाई सम्मान गर्नेछौं ।’

laxmi

मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको भन्दै १५ औं पञ्चबर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने सरकारको लक्ष्यमा व्यवसायीहरुको सहयोग जरुरी रहेकोसमेत बताएका छन । साथै उनले पर्यटन व्यवसायीहरुलाई भ्रमण वर्ष २०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाउन समेत आग्रह गरेका छन । भ्रमण वर्ष २०२० देशको प्रतिष्ठासँग जोडिएको कार्यक्रम भएको भन्दै उनले राष्ट्रिय एकताको आबश्यक रहेको बताए ।

भ्रमण वर्षको सचिवालयले आयोजना गरेको पर्यटन व्यवसायीहरुसँगको छलफलमा मन्त्री भट्टराईले व्यवसायीहरुलाई सरकारसँग माग राख्न छोडेर सहयोग र सहयात्रा गर्न आग्रह गरेका हुन । उनले भने, ‘सरकार तपाईहरुको साथमा छ, तर अब तपाईहरु पनि माग मात्रै नराख्नुहोस् । सबै मिलेर काम गरौं ।’ साथै मन्त्री भट्टराईले भ्रमण वर्षको अवसरमा हरेक ब्यवसायीले उद्घाटनको दिन भव्य दिपवाली गर्न समेत आग्रह गरेका छन ।

मन्त्री भट्टराईले पर्यटन व्यवसायीहरुलाई आफ्नो कार्यालय, होटल र सार्वजनिक स्थानहरुमा भ्रमण वर्ष २०२० को प्रचार सामग्री राख्न आग्रह गरेका छन । उनले भने, ‘तपाईहरुको कार्यालय, होटल, रेष्टुरेन्टहरुमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार हुने गरी केही न केही सामग्री राख्नुहोस् । यसको अनुगमन गर्नका लागि हामी तपाईहरुकोमा आउने छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL