Logo

आजदेखि सञ्चालनमा आयो भरतपुर विमानस्थल, मर्मतपछि बन्यो आकर्षक

आजदेखि सञ्चालनमा आयो भरतपुर विमानस्थल, मर्मतपछि बन्यो आकर्षक



चितवन । धावनमार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि बन्द भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ ।

laxmi

धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ ।

गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच–पाँच वटा जहाजले काठमाडौँ र एक–एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL