Logo

नेपालमा सूचना प्रविधिमा लगानी बढाउँदै श्रीलंका, २ देशको व्यापार प्रवद्र्धनमा राजदूत हिमानीको जोड

नेपालमा सूचना प्रविधिमा लगानी बढाउँदै श्रीलंका, २ देशको व्यापार प्रवद्र्धनमा राजदूत हिमानीको जोड



काठमाडौं । श्रीलंकाले नेपालको सूचना प्रविधिमा लगानी गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा नेपालका लागि श्रीलङ्काका राजदुत हिमानी अरुणातिलकसँग शिष्टाचार भेटमा राजदूत अरुणातिलकले उक्त कुरा बताएका हुन् ।

भेटघाट कार्यक्रममा अध्यक्ष श्रेष्ठले आगामी फेब्रअरीमा हुने नेपाल चेम्बर एक्स्पो २०२० मा श्रीलङ्काबाट समेत सहभागिताका लागि अनुरोध गरेका छन ।

अध्यक्ष श्रेष्ठले श्रीलङ्कामा हुने औद्योगिक÷ब्यापारीक मेलामा नेपाली ब्यावसायीको सहभागिताका लागि समेत प्रतिबद्धता व्यक्त गरेका हुन । उनले नेपाल भ्रमण वर्ष २०२० मा समेत श्रीलङ्काबाट अपेक्षित पर्यटकहरु नेपाल भित्र्याउन सफल हुने अपेक्षा समेत राखे । अध्यक्ष श्रेष्ठले नेपालको श्रीलङ्कन एयरलाईन्ससंग भएको सम्झौताले समेत दुई मुलुक बिच पर्यटन प्रवद्र्घन गर्न उल्लेख्य भुमिका खेल्ने र एयरलाईन्सबाट ढूवानी लागतमा सहुलियतपुर्ण दर दिनुपर्ने बताएका छन ।

भेटमा उनले श्रिलंका र नेपालको व्यापारलाई शतप्रतिशतले बढाउनुपर्ने धारणा समेत राखेका थिए ।

कार्यक्रममा नेपालका लागि श्रीलङ्काका राजदुत हिमानी अरुणातिलकले दुई मुलुकबीच संयुक्त आर्थिक आयोग गठन भएता पनि यसले मूर्त रुप लिन नसकेका धारणा राखेका थिए । तर पर्यटन, व्यापार, लगानी, हवाई सम्पर्क आदि विषय वस्तुमा गहन छलफल गरी आफ्नो कार्यकालमा यस आयोगको सक्रियता बढाउने उनले जानकारी दिएका छन ।

वस्तु व्यापारका साथै सेवा व्यापारमा समेत जोड दिदै उनले प्रविधि बैंकिङ, पर्यटन, सूचना प्रविधि आदिमा समेत द्धिपक्षीय व्यापार लगानी प्रबद्र्धनमा जोड दिन आफ्नो कार्यकालमा आफू प्रयत्नशील रहने बताए । राजदुत अरुणातिलकाले नेपाल भूपरिवेष्ठित मुलुकमै विभिन्न समस्या सामना गर्नु परेकोले सो समस्याको सम्बोधन नै आफ्नो कार्यकालमा दुई मुलुकबीच आर्थिक सम्बन्ध निजी क्षेत्रको सक्रियता मार्फत मजमूत बनाउने बताए ।

सो अवसरमा उनले नेपाल भ्रमण वर्ष २०२० मा श्रीलङ्काकाबाट कलाकार, क्रिकेटरहरु लगायत सर्वसाधारण आउनका लागि आफूले पहल गर्ने आश्वासन दिए । राजदुत हिमानी अरुणातिलकाले आगामी दिनमा भैरहवा अन्तराष्ट्रिय विमानस्थलको सञ्चालनसँगै लुम्बिनीसँग श्रीलङ्काकाको सिधै हवाई सेवा शूरु भई धार्मीक पर्यटन प्रबद्र्धनमा ठोस टेवा पुग्ने अपेक्षा रहेको बताए ।

सो अवसरमा चेम्बरका पदाधिकारी, सदस्यहरु, जिल्ला चेम्बरका अध्यक्षहरु ल्गायतका उद्यमी ब्यावसायीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL