Logo

नेपाल मेडिकल एण्ड ल्याब एक्सपो हुँदै, १५ देशका डाक्टरहरुको सहभागी हुने

नेपाल मेडिकल एण्ड ल्याब एक्सपो हुँदै, १५ देशका डाक्टरहरुको सहभागी हुने



काठमाडौं । नेपाल मेडिकल एण्ड ल्याब एक्सपो २०१९ हुने भएको छ । नेपालकै ठूलो एक मात्र विस्तृत मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल शो’ यहि डिसेम्बर १३–१५ सम्म काठमाण्डौंको भृकुटिमण्डपमा हुने भएको हो । साथै ‘नेपाल ल्याब एक्सपो’ र ‘हेल्थकेयर सप्लाई चेन शो’ समेत हुने भएको छ ।

laxmi

हेल्थकेयर सप्लाई चेन शो भने यसै वर्ष मात्र इइपीसी (इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउनसील, भारत) को सहकार्यमा हुने भएको हो । नेपालको स्वास्थ र ल्याब क्षेत्रमा योगदान गर्ने उद्देश्यले आयोजना गरिने उक्त प्रदर्शनी यस क्षत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदानप्रदान गर्ने भएकाले सो क्षेत्रका लागि प्रदर्शनी महत्वपूर्ण रहने आयोजकले जनाएको छ ।

अन्तरराष्ट्रिय प्ल्याटफर्ममा एनेसथेजिया, बायो–मेडिकल, इएनटी, अर्थोपेडिक्स, सर्जिकल, मेडिकल, आईसीयू, अस्पताल फर्निचर, मेडिकल टेक्सटाइल, कन्ज्युमेबल्स, रिह्याबिलिटेशन, मेडिकल ग्यास, एक्स–रे, ल्याब इक्युपमेन्ट्, एनालाइटिकल इक्युपमेन्ट्, एजुकेशनलगायतको स्टल रहने छ ।

३ दिन सम्म चल्ने प्रदर्शनीमा २५० भन्दा बढि कम्पनीहरु, ८ सय भन्दा बढि ब्राण्ड र ६ हजार भन्दा बढी आगन्तुकहरु रहने आयोजकको अपेक्षा रहेको छ । साथै १५ देशका डाक्टर, निति–निर्माणकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन ।

नेपालको स्वास्थ्य क्षेत्र तथा ल्याब प्रवधिलाई द्रुत गति दिन यस एक्सपोले सहयोग पुर्याउने आयोजकको दाबी रहेको छ । नेपालका कम्पनीहरुलाई नयाँ प्रविधि भित्र्याउन र नेपालमै यस्ता उत्पादन गर्न सक्ने मौका यो एक्सपोले दिनेछ ।

प्रदर्शनी तथा सम्मेलनका आयोजकहरुले हेल्थकेयर र ल्याबोरेटरी उद्योगलाई बढावा मात्र नदिई नयाँ बिचार, अनुसन्धानका अवसर, खोज र सिनर्जीलाई प्रोत्साहन गर्ने अपेक्षा गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL