Logo

वैदेशिक रोजगारको काठमाडौं कार्यालय बन्द, असुरक्षा प्रमुख कारण

वैदेशिक रोजगारको काठमाडौं कार्यालय बन्द, असुरक्षा प्रमुख कारण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ असार, काठमाडौं । वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबार दिउसो श्रम प्रतिनिधिहरुले कार्यालय परिसरमा कर्मचारीमाथी गाली गलौज गरी हातपात गर्न खोजेको भन्दै बुधबारदेखि अनिश्चितकालका लागि कार्यालय बन्द गरिएको कार्यालय प्रमुख विश्वप्रकाश सुवेदीले बताए ।

उनका अनुसार कार्यालयमा वसेर काम गर्ने वातावरण नभएपछि बन्द गर्नुपरेको हो । मंगलबार श्रम प्रतिनिधिहरुले कार्यालय प्रमुख लगायतका कर्मचारीमाथि गालीगलौज र ढुंगामुढा गर्नुका साथै कार्यालयका भौतिक संरचनाहरु तोडफोड गरेका कारण कार्यसम्पादन गर्न नसकिएको कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘जबसम्म कार्यालयका कर्मचारीमाथि दुव्र्यवहार तथा आक्रमण गर्ने श्रम प्रतिनिधिमाथि कारवाही गरि कर्मचारीको सुरक्षाको प्रत्याभूति हुँदैन तवसम्म बन्द रहनेछ ।’ उनले भने । तर, कसरी समस्या समाधान गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।

यता व्यवसायीले भने सुरुमा कार्यालयका कर्मचारीले श्रम प्रतिनिधिलाई हातपात गर्न खोजेपछि समस्या उत्पन्न भएको बताएका छन् ।

विभागको काठमाडौ कार्यालयबाट साउदी अरेबिया, कतार, र मलेशियाबाहेकका मुलुकहरुका लागि श्रम स्वीकृति प्रदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL