Logo

मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोईराला नियुक्त

मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोईराला नियुक्त



काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइराला नियुक्त भएका छन् । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो ।

डा कोइरालाला त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा समेत सिफारिस भएका थिए। उनले गंगालाल अस्पताललाई मुटु रोग उपचारको केन्द्र बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र मनमोहन कार्डियोथोर्यासिक सेन्टरमा पनि नेतृत्वदायी भुमिकामा रहेर काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
MBL