Logo

एनआरएनए विश्व सम्मेलन आजदेखि सुरू, २५ सय प्रतिनिधिको सहभागिता

एनआरएनए विश्व सम्मेलन आजदेखि सुरू, २५ सय प्रतिनिधिको सहभागिता



काठमाडौं । गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन आज देखि सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलनको उद्घाट राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन भने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ ।

laxmi

नवौं विश्व सम्मेलनले सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न उर्जा प्रदान गर्दै ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारालाई सार्थक बनाउने अपेक्षा राखेको छ ।

‘म, मेरो एन आर एन ए र मेरो नेपाल’ मूल नारा सहित यस वर्षको नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तरराष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको हो । सम्मेलन असोज ३० गते सम्म चल्ने छ ।

सम्मेलनमा सरकार, राजनीतिक दल, उद्यमी व्यवसायीहरू, नागरिक समाज, समाजसेवीलगायतका सहभागिता रहने छ । सम्मेलनमा ८१ मुलुकका गैर आवासीय नेपाली प्रतिनिधिहरुलगायत करिब २ हजार ५ सय जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

सम्मेलनले नयाँ कार्यसमितिको समेत चयन गर्ने छ । कार्यक्रम काठमाडौको होटेल हायात रिजेन्सीमा सुरु भएको संघका प्रवक्ता भूषण घिमिरेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL