Logo

खाने होईन सरकारी जागिर ?, नेपाल बैंकले माग्यो सहायक प्रबन्धक देखि कनिष्ठ सहायकसम्म ५६२ जना

खाने होईन सरकारी जागिर ?, नेपाल बैंकले माग्यो सहायक प्रबन्धक देखि कनिष्ठ सहायकसम्म ५६२ जना



काठमाडौं । बैंकमा सरकारी जागिर खान चाहनेहरुका लागि नेपाल बैंकमा अवसर खुलेको छ । नेपाल बैंकले एक सुचना जारी गर्दै तह ३ देखि तह ६ सम्म ५ सय ६२ जनाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले सातै प्रदेशबाट सहायक र कनिष्ठ सहायकका लागि आवेदन माग गरेको हो ।

१ सय २६ जना सहायक प्रवन्धक र १० जना सिए समेत माग गरेको बैंकले अन्य भने सहायक र कनिष्ठ सहायक माग गरेको छ । नेपाल बैंकका अनुसार प्रदेशगत रुपमा आह्वान गरिएको उक्त आवदन दिने अन्तिम मिति भने असोज १९ गतेसम्म तोकिएको छ । सोही अनुसार उम्मेदवारले आवश्यक कागजातसहित आफ्नो फारम अनलाईनमार्फत भर्न सक्ने बैंकले जारी गरेको सुचनामा उल्लेख छ ।

अनलाईन दरखास्त भर्नका लागि भने आवेदन कर्ताले नेपाल बैंकको वेबसाईटमा गएर भर्नुपर्नेछ । बैंकले समावेशिताको आधारमा दलित, महिला, जनजाती, पिछडिएको क्षेत्र लगायत सबै कोटाहरुलाई छुट्याएर दराखास्त आह्वान गरेको हो । बैंकले जारी गरेको सुचना अनुसार आवेदकले मान्यताप्राप्त शिक्षण संस्थाबाट पदलाई आवश्यक शैक्षिक योग्यता पुरा गरेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This