Logo

काठमाडौं ‘भ्यू टावर’ निर्माणकर्ता मनोज भेटवाल पक्राउ, १० करोड बराबरकाे बैंकिङ कसुर गरेकाे आरोप

काठमाडौं ‘भ्यू टावर’ निर्माणकर्ता मनोज भेटवाल पक्राउ, १० करोड बराबरकाे बैंकिङ कसुर गरेकाे आरोप



काठमाडौं । ‘काठमाडौं भ्यू टावर’ निर्माण गरिरहेका निर्माण व्यवसायी तथा इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा १० करोड रुपैयाँको बैंकिङ कसुरसम्बन्धी जाहेरी दर्ता भएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। सोहीअनुसार उनलाई अनामनगरबाट पक्राउ गरिएको हो।

भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ घोटाला प्रकरणमा संलग्न भई पक्राउ परिसकेका छन्। पुरानो बसपार्कस्थित ‘काठमाडौं भ्यू टावर’ परियोजना लामो समयदेखि चर्चा र विवादमा छ।

प्रतिक्रिया दिनुहोस्