Logo

त्रिपुरेश्वरदेखि जमलसम्म वृक्षारोपण, अन्य वडाका लागि रकम अनुदान

त्रिपुरेश्वरदेखि जमलसम्म वृक्षारोपण, अन्य वडाका लागि रकम अनुदान



काठमाडौं । त्रिपुेश्वरदेखि जमलसम्मको करीब १५ मिटर दुरीकाबीच पर्ने सडक खण्डको दुवै किनारामा वृक्षारोपण गर्न थालिएको छ । बिहीबार वन मन्त्री शक्ति बस्नेत, काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नेपाली सेनाका उच्च अधिकारीले संयुक्त रुपमा कपुरका बिरुवा रोपेर कार्यक्रम थालनी गरेका हुन । उक्त क्षेत्रमा करीब ५ सय बिरुवा रोप्ने योजना काठमाडौं महानगरपालिकाको छ ।

‘पार्क निर्माण तथा हरियाली प्रवर्द्धनकै लागि हामीले छिमेकी नगरहरुलाई पनि जनही १÷१ करोड रुपैयाँ अनुदान दिएका छौं । आफ्नो क्षेत्रभित्र पार्क निर्माण, वृक्षारोपणलगायतका काम हुँदैछन्’ कामपा प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘सार्वजनिक र खुल्ला स्थानमा पार्क निर्माण गर्ने कामसँगै साझेदारलाई सँगै लिएर सडक किनारालाई एक समानको हरियाली बनाउँदैछौं । अहिलेको काम बन बिभाग र नेपाली सेनाको सहकार्यमा अघि बढेको हो ।’

नेपाली सेना र काठमाडौं महानगरपालिकाका बीचमा सहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका ३ क्षेत्रमा साझेदारिमा आधारित कार्यक्रम सञ्चालनमा सम्भावना देखिएको कामपाले जानकारी दिएको छ । यीमध्ये महानगरको केन्द्रीय कार्यालय र नेपाली सेनाको मुख्यालय अगाडि बृक्षारोपण गरिएको हो । बस्नेतका अनुसार स्वास्थ्योपचार र शिक्षाको गुणस्तर सुधारका लागि कार्यक्रम छनौट अन्तिम चरणमा पुगेको छ । केही समयको अन्तरालमा नै सार्वजनिक हुनेछ । दुवै निकायको मुख्य प्रवेशद्वारबाट त्रिपुरेश्वरतर्फ नेपाली सेनाको मुख्यालयतर्फको स्थानको सरसफाइ र सौन्दर्यीकरण गर्ने, यात्रुलाई बस्ने मेचको व्यवस्था गर्ने योजना छ । यसमा लगानी महानगरले गर्नेछ भने व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।

अहिले वृक्षारोपण थालिएको क्षेत्रमा हरेक ३ मिटरको दुरीमा एउटा विरुवा रोपिनेछ । यस अघि रोपिएको बिरुवालाई सँगै संरक्षण गरिनेछ । यसका लागि महानगरको वातावरण व्यवस्थापन बिभागले ट्रि गार्डको व्यवस्था गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL