Logo

सहायता सम्मेलनको तयारी अन्तिमचरणमा, जापानले थप सहयोगको घोषणा गर्ने

सहायता सम्मेलनको तयारी अन्तिमचरणमा, जापानले थप सहयोगको घोषणा गर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२३ जेठ, काठमाडौं । आगामी असार १० गते काठमाडौंमा आयोजना हुने नेपाल सहायता सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलनलाई सफल बनाउने तयारीको क्रममा शुक्रबार अर्थमन्त्री डा रामशरण महत र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच अर्थमन्त्रालयमा छलफल भएको यियो ।

japanes-ambassador

 

छलफलमा अर्थमन्त्री डा महतले सहायता सम्मेलनको तयारी र नेपाललाई पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमबारे राजदूत ओगावालाई जानकारी गराएका थिए । भूकम्पपछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमको मूल्यांकन प्रतिवेदन (पीडीएनए) अर्कोहप्ता सम्ममा तयार हुने जानकारी दिदै उनले शुभेच्छुक मित्रराष्ट्रका हैसियतले जापान सरकारबाट नेपालले ठूलो अपेक्षा राखेको स्पष्ट पारे । जापानले नेपालको विकासमा पुर्याएको योगदानको चर्चा गर्दै अर्थमन्त्री डा महतले यो विपत्को अवस्थामा अझ ठूलो सहयोग आवश्यक भएको बताए ।

भेटमा जापानी राजदूत ओगावाले आगामी असार १० गते हुने सम्मेलनकै क्रममा जापानले सहयोगको घोषणा गर्ने बताए । ‘सकेसम्म बढी सहायता उपलब्ध गराउन पहल गरिने छ,’ उनले भने ।
सम्मेलनका लागि हालसम्म करिब ६५ दातृमुलुक तथा निकायहरुमा निम्तो पठाइसकिएको छ । पराम्परागत दातामुलुक तथा निकायहरुका अतिरिक्त उद्दार तथा राहत कार्यमा संलग्न नयाँ दाताहरुसमक्ष समेत निम्तो पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।

सम्मेलनका संयोेजक अर्थमन्त्री डा महतले भारत र चीनका राजदूतका साथै सम्मेलनमा सहभागी हुन आउने अधिकांश मुलुकका राजदूतहरु समक्ष भेटघाट तथा छलफल गरिसकेको जानकारी दिए । यसबीच नेपालमा रहेका स्थानीय विकास साझेदार संस्थाहरुका प्रतिनिधिहरु तथा द्विपक्षीय दातामुलुकहरु समक्ष दुईपटक विशेष वैठकहरु भैसकेका छन भने उनीहरुसँग थुप्रै अनौपचारिक वैठकहरु समेत सम्पन्न भैसकेका छन । हरेक वैठकहरुमा सम्मेलन संयोजक डा महतले बहुपक्षीय दातृ निकाय तथा दाता मुलुकहरुबाट उच्च नेतृत्वको सहभागिताका लागि आग्रह गर्दै आएका छन् । नेपालमा गत वैशाख १२ गते गएको भूकम्पले पुर्याएको जनधनको धनजनको क्षतिप्रति सहानभूतिशील बनेका दाताहरुले सोही अनुसारको सहभागिताको आश्वासन दिएका छन ।

नेपालको पुनर्निर्माणका लागि ५ देखि १० खर्ब रुपैयाँ सम्म पुँजीको आवश्यकता रहेको प्रारम्भिक अनुमान रहेको छ भने आगामी पाँच बर्षभित्रमा सरकारले विनाश भएका सम्पूर्ण संरचनाहरुको पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ । पीडीएनए आइसकेपछि पुनर्निर्माणका लागि आवश्यक पर्ने वास्तविक रकमबारे स्पष्ट जानकारी हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL