काठमाडौं । सनराईज बैंकले आफ्नो नयाँ शाखा कार्यालय सिमरामा संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमका बीच सिमरामा १ सय १४ औं शाखा संचालनमा ल्याएको हो ।
नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजन बिक्रम थापा तथा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन । यस्तै जितपुर सिमरा उप महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले एटिएमको उद्घाटन गरेका छन ।
बैंकले नेपालभर १ सय १४ वटा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ५ वटा एक्सटेन्सन काउण्टर, १ सय ३२ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।