Logo

बाढी पहिरो पीडितलाई महिला चेम्बरको सहयोग, चेम्बर अफ कमर्शमार्फत हस्तान्तरण गर्ने

बाढी पहिरो पीडितलाई महिला चेम्बरको सहयोग, चेम्बर अफ कमर्शमार्फत हस्तान्तरण गर्ने



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बाढी पहिरो पीडितलाई राहत सामग्री वितरण गर्ने भएको छ । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले आफुहरुले संकलन गरेको राहत सामग्री शनिबार एक कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई हस्तान्तरण गरेको जानकारी दिएकी छिन ।

यही असार २६ गते देखी परेको अविरल बर्षासँगै आएको बाढी पहिरोले ९० जनाको ज्यान गएको छ भने ३६ हजार ७ सय २८ घरधुरी प्रभावित भएका छन । नेपाल महिला चेम्बरले संकलन गरेको २ सय किलोग्रामभन्दा बढी चिउरा, चिनी, चाउचाउ, औषधी, ब्याङकेट, महिला, पुरुष तथा बालबालिकका लागि लत्ता कपडा, विस्कुट, सोलार बत्ती र केही रकम रहेको नेपाल महिला चेम्बरका सचिव लीमा अधिकारीले जानकारी दिएकी छिन ।

उनका अनुसार महिला चेम्बरको समूहका महिलाले राहत संकलनको अभियान चलाएर २ दिनमा संकलन भएको राहत सामाग्री र रकम चेम्बरले छिट्टै बाढी पिडितलाई उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL