काठमाडौं । बिहीबारदेखि भएको अविरल बर्षाका कारण १७ जनाले ज्यान गुमाएका छन् । बर्षाका कारण शुक्रबार मात्र देशभरबाट १७ जनाको निधन भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
वर्षाका कारण मानवीय क्षतीका साथै करोडौको भौतिक क्षति भएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार १७ जनाको निधन हुनुका साथै ८ जना बेपत्ता भएका छन् भने ७ जना घाइतले भएका छन् ।
अविरल बर्षाका कारण घाईते भएका उद्धार तथा वेवत्ता भएका मानिसहरुको खोजीमा कठिनाई भएको प्रहरीले जानकारी दिएको छ ।
बर्षातका कारण काठमाडौंमै पुरिएर तीन जनाको मृत्यु भएको छ भने एक जना खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । यस्तै, खोटांगमा ३ जना तथा काभ्रे र भोजपुरमा २÷२ जनाको मृत्यु भएको छ ।
हाल बाढी प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट सम्पुर्ण जनशक्ति, श्रोत साधन परिचालन गरि उद्धार कार्य जारी भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।
बर्षाका कारण कलंकीका बस्तीमा समेत खोला पसेको छ । जसका कारणटक हेरिटेज कार्पेटको फ्याक्ट्री समेत डुवानमा परेको छ