Logo

गृह जिल्ला पुगे अर्थमन्त्री, स्थानीय भन्छन् ‘बाली नभित्र्याएसम्म खाना देउ’

गृह जिल्ला पुगे अर्थमन्त्री, स्थानीय भन्छन् ‘बाली नभित्र्याएसम्म खाना देउ’


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

११ जेठ,काठमाडौं । गृहजिल्ला नुवाकोट पुगेका अर्थमन्त्री डा रामशरण महतसँग स्थानीयबासीले आफुहरुलाई बचाउन आग्रह गरे । उनीहरुले ठूलो विपत्तिबाट बचिएपछी आगामी दिनमा आफुहरुलाई बचाउने  जिम्मा सरकारको रहेको बताए ।

नुवाकोटका विकट गाउँमा पुगेका अर्थमन्त्री डा महतसँग उनीहरुले  बाली नपाकेको तथा भरका अन्न पुरिएकोले अर्को बाली नपाकुन्जेल अझै केही खानेकुरा जुटाउन आग्रह गरे ।

 गृहजिल्ला नुवाकोटका बेत्रावती लगायतगेर्खु, गेर्खुटार, बागेश्वरी, लच्याङ, ओर्लिनी, नर्जा गाउँ विकास समितिका विभिन्न गाउँहरुमा पुगी स्थानीय जनतासँग अन्तरक्रिया गरेका थिए । यसका साथै रसुवा जिल्लाको सीमानजिकका गाउँको पनि अवलोकन गरेका थिउ । जनतासँग साक्षात्कार गरी सान्त्वाना दिए ।

 महतले पठनपाठन गर्न थाल्नुपर्ने भन्दै  केही विद्यालयहरुलाई ६।७ कोठा हुन सक्ने पाल समेत वितरण गरेका थिए ।

IMG_4148

स्थानीय बासिन्दालार्य  विपत्ति कहिले आउँछ, थाहा नहुने भएकोले अव भूकम्प प्रतिरोधी घर बनाउन सुझाव दिएका थिए । साथै सरकारले राहत तथा उद्दार पुर्याउन सक्ने ठाउँमा बस्न आग्रह गरे । सो अवसरमा उनले अवको पुनर्निर्माण अझ राम्रो र सुन्दर बनाइने बताए । ‘अव आफ्नै घरदेखि डर लाग्ने होइन, निद्रा लाग्ने भूकम्प प्रतिरोधी बनाउनुपर्छ’ डा. महतले भने ।
सरकारले अल्पकालिन र दीर्घकालिन राहतका लागि  गर्ने  निर्णय बारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL