Logo

कालीगण्डकीको बहाब खुलाउन प्रमको निर्देशन, सडक तथा पुलको सवारी सञ्चालनको व्यवस्था मिलाउ

कालीगण्डकीको बहाब खुलाउन प्रमको निर्देशन, सडक तथा पुलको सवारी सञ्चालनको व्यवस्था मिलाउ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
११ जेठ,काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले  कालीगाण्डकी नदीको बहाव खोलेर तटीय बासिन्दालाई सुरक्षित बनाउन गृह तथा रक्षा मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएको छ ।

म्याग्दीको राम्चे गाविस बैसेरीमा गएको पहिरोबाट कालीगण्डकी अवरुद्ध भएको हो ।

कोइरालाले गृहमन्त्री वामदेव गौतम र प्रधानसेनापति गौरव समशेर जवरालाई थप मानवीय तथा भौतिक संचरनाको क्षति हुन नदिन सजगता अपनाउन समेत निर्देशन दिएका हुन् ।

कोइरालाले विशेषगरी पुल, सडकमा सवारी सञ्चालनको व्यवस्था मिलाउन तथा विद्युत गृहमा पनि सजगता अपनाउन निर्दिष्ट गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले पहिरोबाट मानव बस्तीमा असर पुगेको भएमा खोजी, उद्धार र राहत कार्य सञ्चालन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL