Logo

वृद्धा भत्ता बढेर ३ हजार पुग्यो, सामाजिक सुरक्षाका लागि ६८ अर्ब ५० करोड विनियोजन

वृद्धा भत्ता बढेर ३ हजार पुग्यो, सामाजिक सुरक्षाका लागि ६८ अर्ब ५० करोड विनियोजन



काठमाडौं । सरकारले वृद्ध भत्तालाई ५० प्रतिशतले बढाएर ३ हजार रुपैयाँ पुर्याएको छ । जेष्ठ नागरिकलाई यस अघि मासिक २ हजार प्रदान गर्दै आएकोमा अब ३ हजार रुपैयाँ पुयाईएको छ । यसबाट देशभरका १३ लाख ज्येष्ठ नागरिकलाई लाभ पुग्ने छ ।

यसैगरी सरकारले एकल महिला भत्ता पनि मासिक १ हजार रुपैयाँ वृद्धि गरिएको छ । यस्तै प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गरिने भएको छ ।

नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने नारा सहितको कार्यक्र संचालन गरिने भएको छ । । चरम गरिबी भएको ठाउँमा गरिबसँग विश्वेश्वर कार्यक्रम सञ्चालन गरिने भएको छ ।

सरकारले आगामी आबका लागि सामाजिक सुरक्षा कार्यक्रमका लागि ६८ अर्ब ५० करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL