Logo

लोकसेवा आयोगले माग्यो ९ हजार कर्मचारी, यसरी भर्न सकिन्छ आवेदन फारम

लोकसेवा आयोगले माग्यो ९ हजार कर्मचारी, यसरी भर्न सकिन्छ आवेदन फारम



काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ जनाका लागि आवेदन माग गरेको छ । स्थानीय तहमा बढुवाद्धारा पदपुर्ती गर्नका लागि आयोगले विभिन्न पदका लागि उक्त संख्यामा कर्मचारी माग गरेको हो ।

laxmi

स्थानीय तहको आग्रहमा संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारीका लागि विज्ञापन खुलाएको हो । भर्ना गर्न विज्ञापन खोलेको हो । आयोगले रिक्त पद पुर्तीका लागि सबैभन्दा धेरै महोत्तरीको जलेश्वर कार्यालयबाट कर्मचारी माग गरेको छ । आयोगले उक्त स्थानीय तहबाट मात्रै १ हजार ३ सय १ जना कर्मचारीका लागि आवेदन माग गरेको हो ।
जलेश्वर कार्यालयले इन्जिनियरिङतर्फ मात्रै ५ सय कर्मचारी माग गरेको छ । यस्तै आयोगले अधिकृत तहका लागि बढी नै विज्ञापन खुलाएको छ । उक्त विज्ञापनका लागि फारम भने आयोगको वेबसाईटमा लगईन गरी भर्न सकिनेछ । आयोगले असार ३ गतेसम्मका लागि उक्त फारम भर्न सकिने जानकारी दिएको छ । यस्तै दोब्बर दस्तुर तिरेर असार १० गतेसम्म पनि फारम भर्न पाईने छ ।
आयोगको सुचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोला

प्रतिक्रिया दिनुहोस्
MBL