Logo

भुकम्प पिडितलाई सिनर्जीको २ लाख सहयोग, कर्मचारीलाई ५० हजारसम्म राहत

भुकम्प पिडितलाई सिनर्जीको २ लाख सहयोग, कर्मचारीलाई ५० हजारसम्म राहत


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ जेठ, काठमाडौं । सिनर्जी फाइनान्सले महाभुकम्पमा परी पिडित भएकाहरुका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत सो रकम सहयोग गरेको हो ।

फाइनान्सले संस्था र कार्यरत कर्मचारीबाट संकलित सो रकम सिटिजन्स् बैंक इन्टरनेशनल बैंकमा खोलिएको प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै भुकम्पमा परी संस्थामा कार्यरत कर्मचारीको घर क्षति भएमा जनही ५० हजार रुपैयाँसम्म राहत उपलब्ध गराएको छ ।

फाइनान्स संचालक समितिको हिजो बसेको बैंठकले संस्थामा कार्यरत कर्मचारीको घर पूर्ण क्षति भएमा ५० हजार रुपैयाँ र आंशिक क्षति भएमा २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL