Logo

विकट गाउँमा छिटो राहत पुर्याउन अर्थमन्त्रीको निर्देशन, कोही पनि नछुटाउन आग्रह

विकट गाउँमा छिटो राहत पुर्याउन अर्थमन्त्रीको निर्देशन, कोही पनि नछुटाउन आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ जेठ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले भुकम्प पिडितलाई सरकारले उपलब्ध गराएको राहत वितरण प्रभावकारी भए नभएको प्रत्यक्ष अवलोकन गरेका छन् । उनले गृहजिल्ला नुवाकोटका केही गाउँहरुको भ्रमणगरी सो अवलोकन गरेका हुन् । सबै जनतालाई राहत छिटो पुर्याउन निर्देशन दिँदै राहत वितरणमा कोही पनि छुट्न नहुने बताए ।

अवलोकनको क्रममा उनी नुवाकोट दरबार, केही विद्यालयहरु, सदरमुकाम विदुर तथा समुद्रटार, रालुका, सुन्दारादेवी, गड्खार, खरानीटार, शहरेटार, कविलास, ढिकुरे, आप्रह, चौघडा, खानीगाउँ लगायतका गाउँहरुमा पुगेका थिए । साथै, ठाउँ ठाउँमा भेला भएका स्थानीयवासीलाई सम्बोधन यो महाविपत्तिमा जनतालाई राहत तथा पुनर्वासको व्यवस्था गर्न सरकार सक्रिय भएर लागिपरेको बताए । ‘उद्दारको काम सकिएको छ र अव राहत वितरणको काम पनि सकिदैछ,’ उनले भने, ‘सरकार अव बर्षायामको अस्थायी व्यवस्थाका लागि र दीर्घकालिन पुनर्वासको व्यवस्थाका लागि केद्रित भएको छ ।’

7-tale-place- nuwakot

 

यसैक्रममा अर्थमन्त्री डा महतले पुनर्निर्माण र पुनर्वासका लागि देशभित्रको मात्र स्रोतले नपुग्ने भएकोले नेपालका शुभेच्छुक अन्य मित्रराष्ट्रहरु र दातृ संस्थाहरुको सहयोगका लागि पहल भैरहेको जानकारी दिए । साथै, छिट्टै नै मुलुकको नवनिर्माण थालिने समेत उनको दावी थियो ।

सरकारले अल्पकालिन र दीर्घकालिन राहतका लागि के गर्ने भन्ने निर्णय गरिसकेको उल्लेख गर्दै सरकारले सरकारले पिडितलाई सक्दो राहत दिने बताए । ‘अस्थायी बसोबासको व्यवस्थाका लागि काम गर्न थालिहाल्नुहोस,’ उनले भने, ‘आफैले बनाएछन भनेर सरकारले नदिने भन्ने कुरै आउँदैन । निर्णय भएको कुरा तपाईहरुले पाउनुहुन्छ ।’

nuwakot

भूकम्पले गरेको विनाशको प्रत्यक्ष अवलोकनपछि भावुक देखिएका अर्थमन्त्री डा महतले व्यवस्थित पुनर्निर्माण गरी अझ सुन्दर बनाइने प्रतिवद्धता व्यक्त गरे । ‘पछिल्लो समय आर्थिक विकासले गति लिइसकेको थियो तर महाभूकम्पले निकै पछि धकेलेको छ,’ उनले भने, ‘तैपनि निराश हुनुहुँदैन ।’ साहस बटुलेर थप जाँगरका साथ पुनर्निर्माण गर्नुपर्छ । हामी नेपालीको यो जुझारु स्वाभाव पनि हो ।

गाउँका जनतासँगको प्रत्यक्ष भेटघाटपछि विदुर पुगेका अर्थमन्त्री डा महतले प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई बर्षायाममा अझ कठिन हुने भएकोले विकट गाउँमा छिटो राहत पुर्याउन निर्देशन दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL