Logo

भुकम्प पिडीतलाई सामसुङ इलेक्ट्रोनिक्सको सहयोग, ५ लाख डलरको राहत

भुकम्प पिडीतलाई सामसुङ इलेक्ट्रोनिक्सको सहयोग, ५ लाख डलरको राहत


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२५ बैशाख,काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले नेपालका भूकम्प पीडितलाई ५लाख अमेरिकी डलर बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । सामसुङले भारतबाट राहतका सामग्री पठाउन लागेको हो ।

सामसुङ इन्डियाले राहत सामाग्री तत्काल ढुवानी र वितरण गर्नका लागि भारत सरकार अन्तर्गतको नेशनल डिजास्टर रेस्पन्स फोर्ससँग सहकार्य गरको बताइएको छ ।
सामसुङ इन्डिया इलेक्ट्रोनिक्सका अध्यक्ष तथा सिइओ, एचसि होङ्गले वैशाख २२ गते नै भारतको नयाँ दिल्ली नजिकको नोइडा फ्याक्ट्रिबाट पहिलो चरणमा ११ वटा कन्टेनर नेपाल पठाएका छन् ।

राहत सामाग्री नेशनल डिजास्टर रेस्पन्स फोर्सका डिआइजी जकएस रावतले बुझेका थिए । रेस्पन्स फोर्सले यो सामाग्रीलाई रेलमार्गहुँदै नेपाल भारत सिमानामा रहेको रक्सौलसम्म ढुवानी गर्ने छ । थप ढुवानी र वितरणका लागि यी सामान नेपाली अधिकारीसमक्ष हस्तान्तरण गरिने  छ ।

सामसुङ्गले ३३ सय वटा त्रिपाल (टेन्ट), ४० हजार वटा कम्बल (ब्ल्याङकेट), दुई हजार वटा ब्यागप्याक र खाद्य सामाग्री पठाउन लागेको जानकारी पनि दिइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL