काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रेल तथा डिजेलको मूल्यमा वृद्धि गरेको हो ।
निगमले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा वृद्धि गर्दै १ सय ११ रुपैयाँ ५० पैसा पुर्याएको छ ।
यसैगरी डिजेल र मट्टीलेतलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गर्दै ९८ रुपैयाँ पुर्याएको छ । तर हवाई ईन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखेको निगमले जानकारी दिएको छ ।
पछिल्लो दुई हप्तामा अन्तरराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएको हुँदा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुने पुगको छ । सोहीअनुसार इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा प्राप्त मूल्य बढेर आएकोले सोही अनुरुप समायोजन गरिएको निगमले जानकारी दिएको छ