Logo

सिटिजन्स बैंकको नाफा १ अर्ब २९ करोड, सूचकहरु सकारात्मक

सिटिजन्स बैंकको नाफा १ अर्ब २९ करोड, सूचकहरु सकारात्मक



काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको चौथो त्रैमासिक वित्तिय प्रतिवेदन अनुसार सबैजसो सूचकहरु सकारात्मक देखिएका छन् ।

यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २.०७ प्रतिशतले थोरै हो । अघिल्लो आवको असार मसान्तमा बैंकको नाफा १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ थियो । गत आर्थिक वर्षमा निक्षेप संकलन २ खर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ गरेको छ ।

गत वर्ष बैंकको कर्जा लगानी १ खर्ब ६८ अर्ब ९५ करोड ६८ लाख १८ हजार रुपैयाँ छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७२ करोड ३८ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको वित्तिय विवरणमा देखिएको छ ।

गत वर्ष बैंकको वितरणयोग्य ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ६१ करोड ३२ लाख ४२ हजार रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी ८.७६ रुपैयाँमा देखिएको छ । खराब कर्जा गत वर्ष बढेर ४.९४ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्