Logo

अन्डर १९ विश्वकप छनोटमा सिंगापुर नेपालसँग पराजीत, ३१ ओभरमै अलआउट

अन्डर १९ विश्वकप छनोटमा सिंगापुर नेपालसँग पराजीत, ३१ ओभरमै अलआउट



काठमाडौं । मलेसियामा जारी आइसीसी यु–१९ विश्वकप छनोटमा नेपालले सिंगापुरलाई हराएको छ । मलेसियाको सेलाङगोर टर्फ क्लवमा भएको खेलमा नेपालले सिंगापुरलाई २ सय १८ रनले पराजित गरेको हो । यससँगै नेपाल २ अंकसहित नेट रनरेटको आधारमा अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । आजै ओमनलाई हराएको कुवेत दोस्रो स्थानमा छ ।

laxmi

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेलको कप्तानी इनिङमा राशिद खान र कमल सिंह ऐरीको ब्याटिङ थपिएपछि नेपालले ४६ ओभरमा अलआउट हुँदै २ सय ८२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१ ओभर खेल्दै ६५ रनमै अलआउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL