Logo

उद्योगी दिवाकर गोल्छाको उपचारको क्रममा भारतमा निधन

उद्योगी दिवाकर गोल्छाको उपचारको क्रममा भारतमा निधन


बिजखबर संवाददाता
4.3k
Shares

काठमाडौं । उद्योगी दिवाकर गोल्छाको मंगलबार राती निधन भएको छ । उनको उपचारको क्रममा भारतको चेन्नईमा निधन भएको हो ।

किड्नीमा समस्या आएपछि उनी भारतमा उपचार गराईरहेको थिए । तर, किड्नी ट्रान्सप्लान्ट गरेको दिनपछि उनको निधन भएको हो । उनको ६७ बर्षको उमेरमा निधन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाले आफ्नै नेतृत्वमा करिव २ दर्जन उद्योग कलकारखाना स्थापना गरेका थिए ।

नेपालको औद्योगिकरणमा उल्लेखनिय भुमिका निर्वाह गरेका गोल्छाले हुलास जस्तापाता, श्रीराम सुगर मिललगायतका उद्योग स्थापना गरेका थिए ।

उनी पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकत सभासद समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्