Logo

नेपालमा पहिलो पटक मिडिया कम्युनिकेशन एक्स्पो हुँदै, १९ देशबाट सहभागि हुने

नेपालमा पहिलो पटक मिडिया कम्युनिकेशन एक्स्पो हुँदै, १९ देशबाट सहभागि हुने



काठमाडौं । नेपालमा पहिलो पटक मिडिया कम्युनिकेशन एडभर्टाईजिङ एक्स्पो २०१९ तथा अन्तरराष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ ।

अप्रिल ११ देखी १३ सम्म चल्ने सो मेलामा नेपाल, भारत, चीन, युके, पाकिस्तान, कोरिया लगायत करिब १९ ओटा देशबाट सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

नेपालमा सुचना संचार, बिज्ञान प्रविधि, लगायतका प्रयोग उपयोग गर्दै विश्व मानचित्रमा नेपाललाई स्थापित गराउने मेलाको उद्देश्य रहेको छ ।

साथै मिडिया सम्मेलनमा ४५ भन्दा बढी मिडिया बिज्ञहरु सरोकारवाला मिडिया लगानीकर्ताहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको मिडिया कम्युनिकेशन एडभर्टाईजिङका कार्यकारी निर्देशक डम्बर शाहूले जानकारी दिएका छन ।

३ दिन सम्म चल्ने सो सम्मेलन तथा एक्स्पोमा करिब ८० देखी ९० ओटा स्टल रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL