Logo

कामपाको वडा नं. १६ मा ५० करोड रुपैयाँको योजना माग, कम भए जनताका समस्या हल गर्न कठिनाई

कामपाको वडा नं. १६ मा ५० करोड रुपैयाँको योजना माग, कम भए जनताका समस्या हल गर्न कठिनाई



काठमाडौं । काठमाडौं महानगरको १६ नं. वडाले ५० करोड बराबरको योजना माग गरेको छ । वडामा करीब १ लाख ३० हजार मानिस बस्ने र विभिन्न समस्यामा सोहीअनुसारको आर्थिक खर्च हुने भन्दै उक्त रकम बराबरको योजना कामपासँग माग गरेको हो ।

laxmi

उक्त वडाका वडाध्यक्ष मुकुन्द रिजालका अनुसार वडामा बसोबार गर्ने मानीसको संख्या झन्डै एक नगरपालिकामा वसोबास गर्ने जनसँख्या बराबर हो । ‘वडाको बिकास माग बार्षिक ५० करोड रुपैयाँ हो,’ उनले भने, ‘यति रकम पठाउन नसकिए पनि कम्तीमा १० करोड रुपैयाँ बढीका योजना चाहिन्छन् नत्र नागरिकका समस्या समाधान गर्न कठिन छ ।’

आइतबार वडा क्षेत्रको पूर्वाधार र सामाजिक क्षेत्रका अवस्था बुझ्न पुगेकी कामपाकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीसँग वडाध्यक्ष रिजालले भने, ‘मेरो वडामा ढल जाम भएको खोल्नका लागि मात्र ५० लाख रुपैयाँ भन्दा बढीको माग छ ।’ क्षेत्रपाटी क्षेत्रमा गरिएको ढल सफाइको प्रसङ्ग सुनाउँदै उनले थपे, ‘एक पटकको सफाइमा ढलबाट, ३ ट्रक जमेको बोसो निकालियो । अबस्था आफैं अनुमान लगाउनोस् ।’

महानगरको बर्गीकरणमा यो ठूलो वडामा पर्छ । ठूलो वडा भएकोले वडास्तरीय कार्यक्रम सञ्चालन गर्न महानगरले बार्षिक ३ करोड रुपैयाँ पठाउने गरेको छ । वडाध्यक्षका अनुसार वडाको चरित्र अनुसार यो रकम अपुग हो ।

प्रतिक्रिया दिनुहोस्
MBL