Logo

वैदेशिक लगानी ऐनमा चेम्बरको विरोध, नेपाली सक्षम भएका क्षेत्रमा विदेशी लगानी नखोल्न आग्रह

वैदेशिक लगानी ऐनमा चेम्बरको विरोध, नेपाली सक्षम भएका क्षेत्रमा विदेशी लगानी नखोल्न आग्रह



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा विरोध जनाएको छ । संसदमा पेश गरिएको बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयक २०७५ मा गरिएको व्यवस्था विरुद्ध चेम्बरले विराध गरेको हो ।

आन्तरिक पूँजी परिचालन गरी स्वदेशी सीपको जगेर्ना, प्रयोग र विकाससँग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकाले त्यस्ता क्षेत्रमा वैदेशिक लगानी खोल्न नहुने भन्दै चेम्बरले विरोध गरेको हो । ‘राष्ट्रको समग्र बिकासको लागि बैदेशिक लगानी अपरिहार्य भएतापनि सबै क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्न आवश्यक देखिदैन,’ चेम्बरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

आन्तरिक पूँजीबाट मात्रै निर्माण गर्न नसकिने उच्च प्रबिधियुक्त ठुला परियोजना र ‘मेगा–इन्डस्ट्री’मा मात्र वैदेशिक लगानी भित्र्याउनु पर्ने चेम्बरको माग छ । ‘स्वदेशी ज्ञान, सिप र प्रबिधिको परिचालन गर्न सकिने लघु उद्योग र घरेलु उद्योग अन्तरगत कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरुमा वैदेशिक लगानी रोक्नुपर्छ,’ चेम्बरले भनेको छ, ‘पशु पालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन, कार्गो सेवा एबं शैक्षिक परामर्श जस्ता अति महत्वपूर्ण व्यवसायहरुमा बैदेशिक लगानी भित्र्याउँदा त्यसबाट राष्ट्रलाई ठूलो घाटा हुनेछ । ’

प्रतिक्रिया दिनुहोस्