Logo

काठमाडौंमा पुष्प व्यवसाय परामर्श केन्द, पुष्प उत्पादन तथा विक्री बारे जानकारी लिन सकिने

काठमाडौंमा पुष्प व्यवसाय परामर्श केन्द, पुष्प उत्पादन तथा विक्री बारे जानकारी लिन सकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३ बैशाख, काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले काठमाडौंमा पुष्प व्यवसाय परामर्श केन्द्र स्थापना गरेको छ ।

एशोसिएशनले नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा काठमाडौं जिल्ला र यस वरपर रहेका जिल्लाहरुलाई समेत समेट्ने गरि केन्द्र स्थापना गरेको हो । सो केन्द्रको कृषि बिकास मन्त्रालयका सचिब उत्तम कुमार भट्टराइले उद्दघाटन गरे ।

काठमाडौं र यस वरपर रहेको जिल्लाहरुमा पुष्प ब्यवसायको विकास, बिस्तार र प्रबद्र्धन गर्ने उद्देश्यले परामर्श केन्द्र स्थापना गरिएको एशोसिएशन नेपालका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिए ।

काठमाडौं देशकै ठूलो पुष्प तथा पुष्पजन्य उत्पादन तथा बिक्री हुने मुख्य स्थान भएकोले यस क्षेत्रमा खुलेको केन्द्रिय स्तरको परामर्श केन्द्रबाट धेरै व्यवसायीहरुले फाइदा लिनसक्ने फ्यानका महासचिब दिलिप बादेले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL