Logo

बौद्धिक सम्पत्ति शाखा गठन गर्न उद्योगमन्त्रीको निर्देशन, उद्योग मन्त्रालयलाई छिट्टै अनलाईमा लगिने

बौद्धिक सम्पत्ति शाखा गठन गर्न उद्योगमन्त्रीको निर्देशन, उद्योग मन्त्रालयलाई छिट्टै अनलाईमा लगिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ चैत, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले उद्योगमन्त्रालय अन्तरगतको बौद्धिक सम्पत्ति शाखा गठन प्रक्रिया तत्काल अगाडी बढाउन निर्देशन दिएका छन् ।

आज बसेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा आर्थिक बर्ष ०७१÷०७२ को दाश्रो चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री बस्नेतले मन्त्रालयका सम्बन्धित पदाधिकारीलाई उक्त निर्देशन दिएका हुन् ।

मन्त्री बस्नेतले कानुनी जटिलताका कारण उद्योग क्षेत्रका राष्ट्रिय महत्वका कामले गति लिन नसकेको बताउदैँ त्यस्ता कामलाई तत्काल अधि बढाउन निर्देशन दिएका हुन् । ‘कुनै पनि फाइल÷कागजको खुट्टा नहुने, महत्वपूर्ण फाइल कयौ समय त्यसै थन्कने हुँदो रैछ,’ उनले भने, ‘ढिला सुस्ती र प्रक्रिया मूखी प्रणालीको अन्त्यका लागि उद्योग मन्त्रालय अनलाइन प्रणालीमा जान लागेको छ ।’

मन्त्री बस्नेतले भैरहवामा मनसाय पत्र सोचे जस्ता परिमाणमा पर्न नसक्नुमा प्रमुख कारण समयमै सेज ऐन नआउनु भएको बताए । हाल औषधि लिमिटेड, नेपाल मेटल कम्पनी लगायतका बन्द उद्योग सञ्चालनको तयारीमा मन्त्रालय रहेको बताउँदै उद्योगमन्त्रालय यस विषयमा अर्थ मन्त्रालयसँग सघन छलफल भइसको जानकारी दिए ।

आर्थिक बर्ष ०७१÷०७२ को दाश्रो चौमासिक प्रगति समीक्षामा उद्योगमन्त्रालयको भौतिक प्रगति ७२ प्रतिशत, वित्तीय ७० प्रतिशत रहेको छ । यस्तै उद्योग विभागको भौतिक प्रगति ६८ प्रतिशत, वित्तिय ९२ प्रतिशत रहेको छ भने खानी तथा भूगर्भ विभाग भौतिक प्रगति ८४ प्रतिशत रहेको छभने वित्तीय ६२ प्रतिशत रहेको छ ।

यसैगरी, घरेलु तथा साना उद्योग विभाग भौतिक प्रगति ६५ प्रतिशत, वित्तिय ३२ प्रतिशत, केन्द्रीय कारागार कारखाना भौतिक प्रगति ७ प्रतिशत, वित्तिय २८ प्रतिशत, नेपाल गुणस्तर तथा नापतौल विभाग भौतिक प्रगति ९४ प्रतिशत, वित्तिय ४९ प्रतिशत रहको छ । यता नेपाल गुणस्तर तथा नापतौल कार्यालयहरु भौतिक प्रगति ८४ प्रतिशत, वित्तिय ६५ प्रतिशत, कम्पनी रजिष्ट्रारको कार्यालय भौतिक प्रगति ८० प्रतिशत, वित्तिय ८९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL