Logo

आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा, ४ योजना कार्यान्वयन, कोषमा तलबको ३१ प्रतिशत जम्मा

आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा, ४ योजना कार्यान्वयन, कोषमा तलबको ३१ प्रतिशत जम्मा



काठमाडौं । सरकारले आजबाट ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ । संगठित तथा असंगठित क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा दिने उद्देश्य अनुरुप सरकारले आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्याक्रम लागू गरेको हो ।

संसद्ले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पारित गरेको थियो । उक्त ऐन पारित भएपनि औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेटेर सरकारले आजबाट योगदानमा आधारित सामाजि सुरक्षा कार्यक्रम लागू गरेको हो । जसलाई सरकारले श्रमिकहरुको लागि नयाँ युगको संज्ञा समेत दिएको छ ।

आज देखि लागू भएको योगदानमा आधारिक सामाजिक सुरक्षा अन्तरगत सामाजिक सुरक्षा कोषले श्रमिकका लागि विशेषगरी ४ वटा योजना संचालनमा ल्याउने भएको छ । जसमा स्वास्थ्य तथा सुरक्षित मातृत्व योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना तथा असक्तता सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना मुख्य योजना रहेको छ ।

सो कार्यको लागि श्रमिक र रोजगारदाताले संयुक्त रुपमा सरकारले उद्योग प्रतिष्ठानका लागि तोकेको न्युनतम पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने हुन्छ । जस अनुसार श्रमिकको न्यूनतम तलबको ११ प्रतिशत रोजगारदाता कम्पनीकोतर्फबाट २० प्रतिशत जम्मा गरिने छ ।

सोही रकमबाट श्रमिकलाई पेन्सन, दुर्घटना बीमा, कामदार र आश्रित परिवारको स्वास्थ्य सुविधा, श्रमिकसँग आश्रित परिवारको स्वास्थ्य परीक्षण, मातृत्व सुरक्षा, अशक्तता सुरक्षाको योजना संचालन गरिने छ । साथै कुने पनि कामदारले रोजगारी छाडेको अवस्थामा उक्त कोषबाट रकम उपलब्ध गराईने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL