Logo

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने म्याद थप, अब असोज ५ सम्म जम्मा गरे हुने

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने म्याद थप, अब असोज ५ सम्म जम्मा गरे हुने



काठमाडौं । साउन महिनामा सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्ने अवधि थप गरिएको छ । बुधबार कोषले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

कोषका अनुसार देशमा विद्यमान असहज परिस्थितिका कारण कोषमा जम्मा गर्नुपर्ने साउन महिनाको योगदान वापतको रकम जम्मा गर्ने अवधि ५ असोजसम्म लम्ब्याउने निर्णय भएको छ ।

सोही अनुसार रोजगारदाता र योगदानकर्ताले रकम जम्मा गर्न सक्ने कोषको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्