Logo

टेलिकमको प्रवन्ध निर्देशक कामिनीको रिट माथी आज सुनुवाई, निरन्तरता होला ?

टेलिकमको प्रवन्ध निर्देशक कामिनीको रिट माथी आज सुनुवाई, निरन्तरता होला ?



काठमाडौं । सर्वोच्च अदालतले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीको रिट निवेदनमाथी आज सुनुवाई गर्ने भएको छ ।

सरकारले पदमुक्त गरेसँगै पुनर्बहालीको माग कामिनीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेकी थिईन । उक्त रिटमाथी सर्वोच्चका न्यायाधीस चोलेन्द्र शम्सेर जबराको एकल इजलासले सुनुवाई गर्ने भएको छ ।

मन्त्रिपरिषद्को साउन २९ गते बसेको बैंठकले उनलाई टेलिकमको प्रबन्ध निर्देशकबाट हटाउने निर्णय गरेको थियो । सरकारको निर्णयमा चित्त नबुझेपछि कामिनीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिईन् ।

यस अघि आफूलाई अवधि तोकेर प्रतिस्पर्धाबाट नियुक्त गरेको र टेलिकम सुधारका लागि उल्लेखनिय काम गर्दागर्दै पनि हटाएको भन्दै उनले सर्वोच्चमा रिट दायर गरेकी थिईन । उनले तत्काल पुनर्बहालीको माग गर्दे रिट दायर गरकी थिईन् ।

सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश जारी गरेमा कामिनीले पुनः टेलिकमको प्रवन्ध निर्देशक भएर काम गर्न पाउनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL