Logo

काठमाडौंका १० स्थानमा स्वागतद्धार निर्माण गर्दै कामपा, बिमस्टेकको समयमा दैनिक सडक धोईने

काठमाडौंका १० स्थानमा स्वागतद्धार निर्माण गर्दै कामपा, बिमस्टेकको समयमा दैनिक सडक धोईने



काठमाडौं । काठमाडौं महानगरपलिकाले उपत्यकाका विभिन्न १० स्थानमा स्वागतद्धार निर्माण गर्ने भएको छ ।

बहुपक्षिय आर्थिक तथा प्राबिधिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेक) को भदौ १४ र १५ गते नेपालमा हुन लागेको चौथो शिखर सम्मेलनका लागि कामपाले विभिन्न १० स्थानमा स्वागतद्धार निर्माण गर्ने भएको हो । उक्त सम्मेलनमा भाग लिन आउने ७ ओटा देशका राष्ट्र प्रमुखको सम्मान तथा स्वागतका लागि उपत्यकाका विभिन्न १० स्थानमा स्वागतद्धार निर्माण गर्ने भएको हो ।

कामपाले उक्त कार्य भने राष्ट्रप्रमुखहरुको बस्ने ठाउँको निश्चित भएपछि सोही स्थानहरुमा स्वागतद्धार निर्माण गर्ने जानकारी दिएको छ । साथै कामपाले सम्मेलनको समयमा कर्मचारीहरुको विशेष टोली खटाएर सरसफाइमा पनि विशेस ध्यान दिने जानकारी दिएको छ ।

उक्त समयमा कामपाले काठमाडौैंका सडकहरु प्रायजसो दैनिक धुने गरी योजना बनाएको कामपा प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार काठमाडौंका सडकमा भएको फाहोर पनि दिनमा २ पटकसम्म उठाउने गरी कार्य थालिएको छ ।

यसका साथै कामपाले आफ्नो स्वामित्वमा रहेका सडकहरुको रङरोगन पनि गर्ने भएको छ । कामपा प्रवक्ता कार्कीका अनुसार राष्ट्र प्रमुखहरुको आवतजावत हुने प्रायजसो सडकमा रङरोगन देखि सिङगारपटार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL