Logo

प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत

प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत



काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ ।

पटक–पटक स्थगित हुँदै आएको सुनुवाई समितिको बैंठक आज बसेको समितिको बैठकको बहुमतले अस्वीकृत गरेको हो ।

जोशीको पक्षमा एक भोट पनि नखस्दा दुई तिहाई बहुमतले अस्वीकृत गरेको हो । आज भएको सुनुवाई समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिकार गरेको थियो ।

सुनुवाई समितिमा भावी प्रधानन्यायाधिशका लागि शिफारिस जोशीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको, फैसला विवादित रहेका जस्ता कारणले उनी विवादले आएका थिए ।

नेपालको संसदीय सुनुवाई इतिहासमै जोशी पहिलोपटक अस्वीकृत भएका हुन् । नेपालको अन्तरिम संविधान २०६३ पछि प्रधानन्यायाधीश, न्यायाधीश, राजदूत र संवैधानिक निकायका पदाधिकारीहरुको संसदीय सुनुवाइको व्यवस्था गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL