Logo

मृतक कर्मचारीको बीमा दाबी भुक्तानी, बीमा कम्पनीले दियो रू. १ करोड ५ लाख

मृतक कर्मचारीको बीमा दाबी भुक्तानी, बीमा कम्पनीले दियो रू. १ करोड ५ लाख


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
संविधानसभा निर्वाचन २०७० को क्रममा मृत्यु भएका कर्मचारीहरूलाई राष्ट्रिय बिमा कम्पनीले मृत्यू्ु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले मृत्यु भएका कर्मचारीको परिवारलाई प्रति व्यक्ति १५ लाख रूपैयाँको दरले १ करोड ५ लाख रूपैयाँ भुक्तानी दिएको जानकारी गराएको छ ।
निर्वाचन आयोगमा शुक्रबार आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशराज भट्टराईले सम्बन्धित परिवारलाई चेक प्रदान गरेका थिए ।
संविधानसभा निर्वाचनका क्रममा ६६ कर्मचारीले बिमा रकम दाबी गरेका थिए ।

त्यसमध्य ८ जनाको मृत्यु दाबी परेको थियो । घाइते कर्मचारीलाई पनि कम्पनीले छिटै बिमा दाबी भुक्तानी गर्ने जानकारी दिएको छ ।
निर्वाचनमा खटिएका २ लाख २० हजार कर्मचारीको कम्पनीले बीमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL