Logo

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो, निगम अझै साढे १७ करोड नाफामा

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो, निगम अझै साढे १७ करोड नाफामा


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता,
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगम सञ्चालक समितिको सोमवार साझ बसेको वैठकले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो ।
निगमले पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ४७ पैसा तथा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १ रुपैयाँ ६७ पैसाले घटाएको हो । अब बजारमा पेट्रोल प्रतिलिटर १ सय २८ रुपैयाँ तथा  डिजेल र मट्टितेल प्रतिलिटर १ सय १ रुपैयाँ ५० पैसामा उपलब्ध हुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा मूल्यामा आएको गिराटवसँगै नेपालमा पनि पेट्रोलियमको भाउ घटेको उनले बताए ।
निगमले ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । ग्यासमा दोहोरो मूल्य कायम भएपछि मात्रै भाउ घटबढ हुने उनले जानकारी दिए । मूल्य घटाए पनि निगम नाफामै रहने छ । अब  निगमलाई समग्र मासिक नाफा १७ करोड ५० लाख हुनेछ ।
निगमले स्वचालित मूल्य अवलम्वन गरेपछि पछिल्लो डेढ महिनाको बीचमा तेस्रो पटक मूल्य घटाएको हो । यसअघि निगमले असोजको दोस्रो सातामा र कात्तिको पहिलो सातामा पेट्रोलियम पदार्थको भाउ घटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL