Logo

जहाज मर्मतका लागि सिङ्गापुरबाट सामान ल्याइदै, बुधबारबाट नियमित उडान हुने

जहाज मर्मतका लागि सिङ्गापुरबाट सामान ल्याइदै, बुधबारबाट नियमित उडान हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमको विग्रीएको एअरबस मर्मतका लागि सिङ्गापुबाट सामान ल्याइने भएको छ ।

निगमले एक महिनाअघि ल्याएको एअरबस कम्पनीको जहाज विग्रीएपछि मर्मतका लागि सिङ्गापुरबाट सामान ल्याउन लागिएको हो । निगमले ल्याएको नयाँ जहाजको सडान शुरु गरेको १० दिनमै समस्या देखिएको थियो ।

जहाजमा समस्या आएपछि सोमबारदेखि निगमको एअरबस ग्राउण्डेड भएको थियो । हाल उक्त जहाज मर्मत भइरहेको समेत निगमले जानकारी दिएको छ । सिङ्गापुरबाट आजै सामान आइपुग्ने र सो समान फेर्ने वित्तिकै नियमित उडाउन गर्ने समेत निगम स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL