Logo

सुर्खेतबाट उडेको मकालुको कार्गो विमान सम्पर्कविच्छेद, माउण्टेन फ्लाइटबाट खोजी हुँदै

सुर्खेतबाट उडेको मकालुको कार्गो विमान सम्पर्कविच्छेद, माउण्टेन फ्लाइटबाट खोजी हुँदै



काठमाडौं । सुर्खेतबाट हुम्लाको सिमकोटका लागि बिहान ६ बजेर १२ मिनेटमा उडान गरेको मकालु एयरको कार्गो सम्पर्क विच्छेद हुन पुगेको छ । सिमकोटमा ६ बजेर ५५ मिनेटमा ल्याण्डिङ सेड्युल रहेको उक्त विमान उडान सुरु भएको पाँच मिनेटसम्म सम्पर्कका रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार ६ बजेर १७ मिनेटमा वेष्ट अफ भर्जिन भन्ने ठाउँमा पुग्दा विमान एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्कमा थियो ।

सुर्खेतबाट सामान बोकेर उडान भरेको उक्त विमानलाई क्याप्टेन किरण भट्टराई र आदित्य नेपालीले उडान गरेका थिए । माउण्टेन हेलिकप्टरमार्फत उक्त विमानको खोजी भइरहेको ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्