Logo

पैदलमार्गमा राखिने सबै पसल हटाउँदै कामपा, हटाउन नमाने सामान नै जफत गरिने

पैदलमार्गमा राखिने सबै पसल हटाउँदै कामपा, हटाउन नमाने सामान नै जफत गरिने



काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्ग (फुटपाथ) का पसल हटाउन शुरु गरेको छ ।

रत्नपार्कबाट हटाउन शुरु गरिएको पसल केही दिनमा सबै स्थानबाट हटाइसक्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए ।

कामपाका भित्री शहरमा अझ बढी यस्ता पसल सञ्चालन हुँदै आएकाले सडक किनारामा यात्रा गर्ने यात्रुलाई कठिन भएको छ ।

अव्यवस्थित रुपमा राखिएको पसलले दुर्घटनामा समेत वृद्धि हुनाका साथै हिड्न समेत कठिन भएकाले पसल हटाउन यो अभियान शुरु गरिएको उनले बताए ।

नगर प्रहरीको सहकार्यमा पसल हटाउने काम भइरहेको छ, शुरुवातका समयमा सबै स्थानमा नराख्नका लागि सुझाव दिने र त्यसपछि पनि राखेमा प्रहरीले सामग्रीसहित नियन्त्रणमा लिने र पसल राख्नेले जरिवानासमेत बुझाउनुपर्नेछ ।

अनुमतिबिना नै त्यस्ता पसल सञ्चालनमा हुने भएकाले तिनको संख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL