Logo

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर रु. १ सय १०

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर रु. १ सय १०


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२३ फागुन,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।

पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु १ ÷१ बढेको बताइएको छ । समायोजित मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु. १ सय १० पुगेको छ ।

त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रु.८७ दशमलव ५० पुगेको बताइएको छ ।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ थियो । त्यसैगरी मट्टीतेल र डिजलको मूल्य प्रतिलिटर ८६ रुपैयाँ ५० पैसा थियो ।

आठ पटकसम्म निरन्तर मूल्य घटाउँदै आएको निगमले अन्तर्राष्ट«िय बजारमा मूल्य बढेपछि स्थानीय बजारमा समेत मूल्य बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL