Logo

कामपाको न्यायिक समितिले गर्याे सबै मुद्दाको फैसला, हाल सम्म ६० मुद्दा

कामपाको न्यायिक समितिले गर्याे सबै मुद्दाको फैसला, हाल सम्म ६० मुद्दा


रासस
27
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म आएका सबै मुद्दा फैसला भइसकेको छ ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गत असारमा गठन भएको कामपाको न्यायिक समितिमा हालसम्म ६० वटा मुद्दा आएका थिए ।

आएका सबै मुद्दा फैसला भइसकेको कामपाका उपप्रमुख श्रेष्ठले जानकारी दिए । उनले भने ‘दैनिक सरदर पाँचदेखि सातवटासम्म मुद्दा आउने गरेको छ, ती सबै तत्काल फैसला हुन्छन् ।’

श्रीमान् श्रीमतीबीचको सम्बन्धबिच्छेद, लामो समय भाडामा बस्ने र भाडा नदिई कोठा छोड्ने, छिमेकीले बाटो मिचेको जस्ता मुद्दा आउने गरेको कामपाले जनाएको छ ।

संयोजकमा उपप्रमुख खड्गी, सदस्यमा वडा नम्बर ३१ का सदस्य सरोज ढकाल, वडा नम्बर १६ का दलित महिला सदस्य बबि परियार रहेका छन । गतबर्ष वैशाखमा स्थानीय तहको निर्वचनपछि मात्र कामपाको न्यायिक समिति गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL