Logo

पोखरामा ६ अर्ब २९ करोड राजश्व संकलन, १०४ प्रतिशतले वृद्धि

पोखरामा ६ अर्ब २९ करोड राजश्व संकलन, १०४ प्रतिशतले वृद्धि


रासस
81
Shares

काठमाडौं । आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थीक वर्षको चैत मसान्तसम्म ६ अर्ब २९ करोड रुपैया राजश्व संकलन गरेको छ ।

साउनदेखि चैत मसान्तसम्म राजश्व संकलनको लक्ष्य ६ अर्ब पाँच करोड रहेकामा प्रगति बढेर १ सय ४ प्रतिशत पुगेको कार्यालयका कर अधिकृत विजय लामिछानेले जानकारी दिए ।

पोखरा कार्यालयबाट स्थायी लेखा नम्बर लिएका १ लाख २३ हजार ६ सय ६७ करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने ७५ हजार ४ सय ४७ जना छन् भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने ४८ हजार २ सय २० जना रहेका छन् ।

त्यस्तै कार्यालयबाट मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएकाको संख्या ११ हजार २ सय ७४ तथा अन्तःशुल्क कर इजाजत लिएकाको संख्या ६ हजार ९ सय ६२ जना रहेका छन ।

चालु आवमा मूल्य अभिवृद्धि कर उत्साहजनक रुपमा वृद्धि भएको लामिछानेको भनाइ छ । गत आवको साउनदेखि चैतसम्मको अवधिमा लक्ष्यको ९४ प्रतिशत राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL