Logo

नेपाल मिटले काठमाडौंमा डिपार्टमेण्ट स्टोर खोल्ने, शितभण्डार पनि सञ्चालनमा ल्याउने तयारी

नेपाल मिटले काठमाडौंमा डिपार्टमेण्ट स्टोर खोल्ने, शितभण्डार पनि सञ्चालनमा ल्याउने तयारी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
फागुन २२, काठमाडौं । नेपाल मिट प्रोसेसिङ् प्रालिले काठमाडौं सहित पोखरा र बुटवलमा पनि डिपार्टमेण्ट स्टोर सञ्चालनमा ल्याउने भएको छ ।
हाल चितवन र नवलपरासीबाट कुखुरा उत्पादन गरेर मासु बिक्रि वितरण गर्दै आएको यो उद्योगले शितभण्डार पनि सञ्चालनमा ल्याउने योजना बनाएको छ । नेपाल मिटले जिउँदो कुखुरालाई डाक्टरले जाँच गरी आधुनिक प्रविधिबाट बध गरेर मासु उत्पादन गर्दै आएको छ ।
१० करोड लागतमा निर्माण भएको यो उद्योगले कृषकलाई चल्ला तथा दाना दिएर कुखुरा उत्पादन तथा बजार विस्तारलाई अगाडी बढाउने भएको हो ।
नवलपरासीको गैडाकोटमा डेढ बिगाहामा रहेको यो उद्योगले चितवनको भरतपुरबाट मासु बिक्रि गर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL