Logo

कतार एयरवेज ५ अवार्डबाट सम्मानित, वल्र्ड टप टेन क्लासमा पर्न सफल

कतार एयरवेज ५ अवार्डबाट सम्मानित, वल्र्ड टप टेन क्लासमा पर्न सफल



काठमाडौं । ट्रीपएड्भाइजरले कतार एयरवेजलाइ विभिन्न ५ ओटा अवार्डले सम्मानित गरेको छ ।

कतार एयरवेजले यो बर्ष ‘वल्र्डस बेस्ट विजनेस क्लास’, ‘बेस्ट विजनेस क्लास मीडल इस्ट’, ‘वल्र्ड टप १० क्लास’ लगायतका अवार्ड जित्न सफल भएको हो ।

कतार एयरवेजका मुख्य कार्यकारी अकवर अल वेकरले आफ्नो उच्चस्तरीय सेवा तथा राम्रो विशेषताले गर्दा सो अवार्ड पाएको जानकारी दिए । यसका साथै उनले वल्र्ड टप १० क्लासमा पर्नु आफ्नो सौभाग्य रहेको बताएका छन ।

ट्रीपएड्भाइजर विश्वकै ठुलो ट्राभल वेबसाइट हो । सो वेबसाइट विश्वका झण्डै ६० करोड मानीसहरुले विभिन्न एयरलाइन्स, होटल, रेस्टुराँ आदिको बारेमा जानकारी लीन प्रयोग गर्छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL