Logo

६ महिनामा १० अर्वको टेलिकम्युनिकेशन इक्युपमेन्ट आयात

६ महिनामा १० अर्वको टेलिकम्युनिकेशन इक्युपमेन्ट आयात


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ फागुन, काठमाडौं । चालु आर्थिक बर्षमा टेलिकम्युनिकेशन इक्युपमेन्टको आयात बढेको छ । यस्ता सामग्रीको आयात करिव ५० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । चालू आवको पहिलो ६ महिनामा नेपालमा १० अर्व रुपैयाँ बराबरको टेलिकम्युनिकेशन इक्युपमेन्ट आयात भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

यो रकम गत आवको तुलनामा ३ अर्व २७ करोड रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा कुल ६ अर्व ७३ करोड रुपैयाँ बराबरको टेलिकम्युनिकेशन इक्युपमेन्ट आयात गरिएको थियो ।

नेपालमा चीन तथा तेस्रो मुलुकबाट यस्ता सामग्री आयात हुँदै आएको छ । त्यसमध्ये चालु आवको ६ महिनामा चीनबाट ८ अर्व ८ करोड ७६ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेशन इक्युपमेन्ट आयात भएको छ । चीनबाट गत आवको सो अवधिमा ५ अर्व ४९ करोडको सामग्री आयात भएको थियो । यो ४७ प्रतिशतले बढी हुन आउछ ।

त्यस्तै यस बर्ष अन्य मूलुकबाट २ अर्व ९ करोडको आयात भएको छ । जुन गत आवको तुलनामा ६८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १ अर्व २४ करोड २९ लाखको यस्ता सामग्री आयात भएको थियो । टेलिकम्युनिकेसन सम्वन्धि गतिविध बढ्दै जाँदा यस्त सामग्रीको आयात बढेको देखिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL