Logo

अर्थमन्त्री र जापानी राजदूतबीच भेट, बनेपा–बर्दिबास सडक हस्तान्तरण गरिँदै

अर्थमन्त्री र जापानी राजदूतबीच भेट, बनेपा–बर्दिबास सडक हस्तान्तरण गरिँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१९ फागुन, काठमाडौं । जापानले नेपाललाई बनेपा–बर्दिवास सडक हस्तान्तरण गर्ने भएको छ । जापान सरकारको सहयोगमा निर्मित उक्त सडकको निर्माणकार्य पुरा भएकाले हस्तान्तरण गर्न लागिएको नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले जानकारी दिए । ‘जापानले बनाएको सो सडकको सम्पूर्ण निर्माणकार्य पूरा भएको छ,’ अर्थमन्त्री डा. रामशरण महतसँगको भेटमा राजदूत आगावाले भने, ‘आगामी २ महिना भित्र नेपाल सरकारलाई हस्तान्तरण गर्नेछौं ।’

जापान सरकारको अनुदानमा निर्मित १ सय ६० किलोमिटर लामो उक्त सडकको निर्माण कार्य आर्थिक बर्ष २०५३/५४ मा शुरु भएको थियो । काठमाडौंबाट पूर्वी तराईलाई छोटो दूरीमा जोड्ने उक्त सडक निर्माणका लागि करिब २२ अर्ब रुपैयाँ लागेको थियो ।

सो अवसरमा जापानी राजदूत ओगावाले नेपालले पछिल्लो सयम जलविद्युत क्षेत्रको विकासका देखाएको सक्रियता र अहम भूमिकाको प्रशंसा गरेका थिए । । जापान तनहुँ जलविद्युत आयोजनाको प्रमुख एक दाता राष्ट्र पनि हो । साथै, जापानले नागढुंगास्थित टनेलमार्गको निर्माणमा पनि उल्लेख्य सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

जापानी राजदूत ओगावाले अर्थमन्त्री डा महतको हालै सम्पन्न जापान भ्रमणले दुई मुलुकबीचको सम्वन्धलाई थप प्रगाढ बनाउन सफल भएको समेत बताए । अर्थमन्त्री डा महत, सडक विभागका महानिर्देशक तथा इन्जिनियरहरु लगायतको एक टोलीले केही समय अघि मात्र जापानको टनेल प्रविधिको अध्ययन तथा अवलोकन गरेर फर्केका थिए ।

भेटका अवसरमा अर्थमन्त्री डा महतले जापानले नेपालको विकास निर्माणमा पु¥याएको सहयोगका लागि धन्यवाद दिए । बनेपा–बर्दिबास सडकको गुणस्तर राम्रो भएको भन्दै अर्थमन्त्री डा महतले यसले देशको पूर्वाधार विकासमा ठूलो सहयोग पुगेको जानकारी दिए । सो अवसरमा नेपालको विकास निर्माणमा जापानको सहयोग अभिवृद्धिबारे छलफल भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL