Logo

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध, चलाए तत्काल कारबाही

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध, चलाए तत्काल कारबाही



पोखरा । पोखराको लेखनाथ महानगरपालिकाको कार्यालयमा समयमा फेसबुक बन्द गरिएको छ ।

मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो ।

बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए ।

उक्त समयमा फेसबुक नचल्ने बनाइएको छ । व्यक्तिसँग भएको निजी मोबाइल डाटाबाट फेसबुक चल्न सक्ने भएकाले, तोकिएको समयमा कर्मचारीले फेसबुक चलाएको पाइए तत्काल कारबाही गरिने प्रमुख जिसीले बताए । इन्टरनेटको राउटरमै फेसबुकको वेबसाइट ब्लक गरिएको हो । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL